
काठमाण्डौ, १४ पुस ।
सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारकाकाे अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघि बसेकाे मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताउनु भयो ।

२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चार्डको सूचीमा परेको थिएन । तर मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको उहाँले बताउनु भयो ।