हापुरे १४ पुस ।

गरिबी नेपाली समाजको एउठा ठुलो खाडल हो । नेपालका धेरै जसो नागरिक गरिबीको रेखा मुनी छन् । त्यस्तै गरिबी कै कारण २०७० सालमा भारत छिरेका दाङ बबई गाउँपालिका ३ हंसपुरका राजेन्द्र नगबाग (परियार) अहिले भारतका लागी खेल खेल्ने खेलाडी भएका छन् । घरको आर्थिक अबस्था सुधार गर्न भारतको गोवामा पुगेका राजेन्द्रले तेकान्दो खेल मार्फत राम्रो आम्दानी पनि गर्न सफल भए ।


गोवाको होटेलमा काम गर्दै तेकान्दो सिक्दै गरेका राजेन्द्रले अहिले सम् मभारत बाटै बिभिन्न अन्तराष्ट्रिय खेल समेत खेली सकेका छन् । नेपाली ठिटो त्यसमा पनि होटेलमा काम गरेर जिवन निर्बाह गरिरहेका राजेन्द्रले आफुले तेकान्दो सिकिसके पछि भारतबाट बिभिन्न अन्तराष्ट्रिय खेल खेल्ने अबसर समेत पाए । राजेन्द्रले अन्तराष्ट्रिय खेल खेल्ने मात्र हैन खेलमा जित हासिल गर्दै पदक समेत हात पारे ।


तेकान्दोको ब्ल्याक बेल्ट प्राप्त गरि वान डन समेत पाएका राजेन्द्रले अहिले भारतको गोवामा तेकान्दो प्रशिक्षण समेत गराईरहेका छन् । बिहानमा प्रशिक्षण दिने राजेन्द्रले दिउसोमा भने आफ्नो पुरानो काम अर्थात होटेलको काम गर्छन । कामको शिलशिलामा भारत छिरेका उनीले खेलाडी बन्ने अबसर त पाए तर उनलाई एउटा कुराले भने असाध्यै पिरोल्ने गरेको बताउछन् ।


उनले भन्छन् “गरिबीका कारण भारतमा कमाउन आएको म परिस्थीतीले खेलाडी बनायो तर अर्काको देशमा” । भारत गए पछि अबसर पाएर आफु खेलाडी बनेपनि नेपालका लागी खेल्ने र नेपालीका लागी आफ्नो सिप सिकाउने ठुलो सपना रहेको उनले बताए । उनले भने “अबसर आएर खेलाडी भईयो अब मेरो देशका लागी केही गर्ने मन छ ।”


भारतका लागी बिभिन्न समयमा खेल खेलेका राजेन्द्रले नेपालमा अबसर पाए नेपालका लागी तेकान्दो खेल खेल्ने बताए । उनले भने “नेपालका लागी आफ्नो सिप र क्षमता प्रर्दशन गर्न मन छ तर नेपालमा स्थान कसरी पाउने भन्नेमा अन्यौलमा छु । यदी नेपाल कै लागी खेल्न सके भने मैले सिकेको खेलको अर्थ रहने छ ।” भारत मा सिकेर भारतका लागी खेलेका राजेन्द्रले नेपालका लागी खेलेर आफ्नो सिपको अर्थ खोजिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर