
पुस, १३ दाङ ।
बबई गाउँपालिकाले पहिलो पटक सरसफाई अभियानलाई प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको केन्द्र हापुरे बजारको फोहर ब्यबस्थापनसंगै सात वटै वडामा सरसफाई कार्यक्रमलाई प्रभावकारी गराउन कार्यक्रम सुरु गरेको हो ।


कार्यक्रममा बबई गाउँपालिकाले पारित गरेको कानून र सरसफाईलाई कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने बिषयलाई प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरिएको छ । फोहर ब्यबस्थापन नहुदा सरुवा रोगको समेत संक्रमण फैलिने भन्दै गाउँपालिकाले सरसफाई कार्यक्रमलाई अघि बढाएको जनाएको छ ।
यसैक्रममा बबई गाउँपालिकाले सरोकारवालालाई एकै स्थानमा राखेर छलफल समेत गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले पछिल्लो समयमा बस्ती बजारउन्मुख हुदै गएको भन्दै फोहरलाई ब्यबस्थापन गर्न सरसफाई कार्यक्रम अघि बढाउन लागेको बताउनुभयो ।
फोहर ब्यबस्थापनका लागि केही समयमै डम्पीङ साइड निर्माण तथा फोहर संकलन केन्द्र तथा फोहर ढुवानीका लागि गाडीको ब्यबस्थापन गर्न लागेको कार्यक्रममा जानकारी दिनुभयो । फोहरलाई मोहरमा बदल्नका लागि स्थानीय ब्यापारी तथा उद्योगीहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा बिश्वकर्मा, शिक्षा शाखा प्रमुख मोहनलाल दाहाल, वडाध्यक्ष, उद्योगी, ब्यबसायी, कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका सुचना अधिकारी भुबन चन्दले बाताबरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन २०७६ र फोहर कसरी ब्यबस्थापनका बिषयमा घोराही उपमहानगरपालिका फोहर ब्यबस्थापन शाखाका प्रमुख प्रेम केसीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण बबई गाउँपालिका सामाजिक बिकास शाखाका प्रमुख तेजेन्द्र घर्तीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि, उद्योगी, ब्यापारी, नागरिक समाज, विभिन्न संघसस्थाका प्रतिनीधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।