
हापुरे १२, पुस ।
पश्चिम दाङको बबई गाउँपालिकामा यूवा तथा खेलकुद परिषदले अन्तरक्रिया कार्यक्रम गरेको छ । परिषदले गाउँपालिकाको खेल क्षेत्रको बिकासका लागी अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले सबै खेलमा रुची राख्ने खेलाडीहरुलाई समेट्दै खेल क्षेत्रको बिकासमा लाग्ने बताउनु भएको छ ।


अध्यक्ष पौडेलले गाउँपालिकाको यूवा परिषदले सबै वडाका यूवा तथा खेलाडीहरुलाई एकिकृत गरि सबैको मनोभावना अनुसारको काम गर्ने बताउनु भएको छ । परिषदमा भएको वजेटको अधिकतम प्रयोगबाट गाउँपालिकामा सक्षम खेलाडि उत्पादन गर्ने तिर ध्यान दिन समेत अनुरोध गर्नु भएको छ । यूवा परिषदको वजेटबाट खेलकुद क्षेत्र मात्र नभई अन्य संस्कृती संग सम्वन्धित काम गर्ने योजनामा गाउँपालिका रहेको समेत उहाँले बताउनु भयो ।
यूवा तथा खेलकुद परिषद गाउँपालिकाका यूवाहरुको रुचि अनुसारको काम गर्नेमा प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भयो । बबई गाउँपालिकाका करिव ४० जना यूवाहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत मोहन दाहाल, वडा नं. ३ का अध्यक्ष नन्दलाल वली, वडा नं. ४ का अध्यक्ष टेकबहादुर वली, योजना शाखा प्रमुख तिलक केसी लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण यूवा परिषदका सदस्य सचिव नरेन्द्रलाल भारतीले गर्नु भएको थियो ।