
तुलसीपुुर, ११ पुस ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी ४१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका संयोजक पुस्कर भण्डारीका अनुसार अध्यक्ष सहित ९ पदका लागी ४१ जनाले मनोनयन दर्ता गराएका छन् । आईतवार विहान दश बजेदेखी दिउँसो तिन बजे सम्म भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागी छ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


यस्तैगरी उपाध्यक्ष पदका लागी ५ जना, सचिवका लागी छ जना र कोषाध्यक्षका लागी ४ जनाले उम्मेदवारी दिएका छन् । यस्तैगरी अन्य सदस्यहरुका लागी १९ जनाले मनोनयन दर्ता गराएको उहाले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुको प्रथम नामावली आज बेलुका पाँच बजे प्रकाशन गरिने छ भने अन्तिम नामावली १४ गते प्रकाशन गरिने उहाले जानकारी दिनुभयो । यहि पुस १७ गते निर्वाचन हुने भएको छ ।