हापुरे, ११ पुस ।

बिभेदमा पारिएका समुदायको जीबीकोपार्जन सुधार परियोजनाको अनुगमन गरिएको छ । दलित सेवा संघद्वारा सञ्चालित बिभेदमा पारिएका परियोजनाको अनुगमन गरिएको हो ।

 

दलित सेवा संघ दाङले विकास कोष नर्वेको आर्थिक सहयोगमा बिभेदमा पारिएका समुदायको जीबीकोपार्जन सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजना दाङ र सल्यानका ५ वटा स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

 

दलित सेवा संघले बिकास कोष नर्बेको सहयोगमा सन् २०१७ देखि २०२० सम्म विभेदमा पारिएका समुदायको जीवीकोपार्जन सुधार परियोजना सञ्चालन गरेको थियो भने सन २०२१ देखि २०२५ सम्म दोस्रो चरणमा परियोजना सञ्चालन भइरहेको कार्यक्रम अधिकृत छबि परियारले जानकारी दिनुभयो ।

 

परियोजनाले सञ्चालन गरेका क्रियाकलाप अन्तर्गत बबइ गाउपालिकामा दलित महिला बहुउद्देशिय कृषि सहकारी संस्थाद्वारा सञ्चालित सामुहिक तरकारी खेती र बंगुर पालनको अनुगमन गरिएको छ । पहिलो चरणको कार्यक्रम प्रभावकारी रहेका कारण दोस्रो चरणमा परियोजना थप भएको दलित सेवा संघका सहसचिब सन्तोष चनाराले जानकारी दिनुभयो ।

 

परियोजना मार्फत् सहकारी गठन, सहुलियतमा ऋण प्रबाह, सामुहिक तरकारी खेतीका लागि जग्गा लिजमा लिने कार्यहरु परियोजना मार्फत् भइरहेका छन् । अनुगमनमा बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, योजना शाखा प्रमुख तिलक केसी, दलित सेवा संघका सचिब सन्तोष चनारा, दलित सेवा संघका काेषाध्यक्ष किरण विश्वकर्मा, कार्यक्रम अधिकृत छबि परियार लगाएतकाकाे सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर