हापुरे ११ पुस ।

बबई गाउँपालिकाको सबैभन्दा दुर्गम क्षेत्र गङटेमा शनिबारदेखि विद्युत सेवा पुगेको छ । गाउँपालिकाले त्यस क्षेत्रमा विद्युत पु¥याउनका लागि चार वर्षसम्म निरन्तरुपमा काम गरेको हो । जिल्लाको सदरमुकामदेखि ७५ किलोमिटर पश्चिम र गाउँपालिकाको प्रशासनीक केन्द्र हापुरेदेखि २३ किलोमिटर पश्चिम क्षेत्रमा रहेको गङ्टेमा विद्युत सेवा सुरु गरिएको हो । बबई गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष खडगबहादुर कुवरका अनुसार विद्युत सेवाबाट त्यस क्षेत्रमा रहेका करिब पाँच सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । बाँकी क्षेत्रमा पालिकाबाट विद्युतीकरणको काम अघि बढाइने अध्यक्ष कुवरले बताउनुभयो ।

 

पालिकाका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार त्यस क्षेत्रमा विद्युत पु¥याउनका लागि अधिकाशं क्षेत्रमा वन पर्ने भएकाले कठिनाई उत्पन्न भएको हो । बबई गाउँपालिका र नेपाल विद्युत प्राधीकरणको संयुक्त लगानीमा त्यस क्षेत्रमा विद्युत सेवा पु¥याइएको हो । पालिकाकाको वडा नम्बर ५को बगरपुरदेखि वडा नम्बर १को गङ्टेसम्म विद्युतीकरणका लागि ट्रान्समिटर जडान, विद्युत पोल गाड्ने, तार तान्ने काम सम्पन्न भएपछि सेवा सुरु गरिएको हो ।

। बबई गाउँपालिकाको वडा नम्बर ५ ट्वाङ खोलादेखि वडा नम्बर १ गङ्टेसम्म २३ किलोमिटर क्षेत्रमा विद्यूत लाइन जडान गर्न थालिएको छ । विद्युतीकरणसंगै वडा नम्बर १ र ५का पाँच सय घरधुरी लाभान्वित हुने बताइएको छ । वडा नम्बर ५का तीन सय घरधुरी लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर