
हापुरे ७ पुस ।
पश्चिम दाङको बबई गाउँपालिका ६ मा आज खेलकुद सामग्री वितरण गरिएको छ । वडा नम्बर ६ को आयोजनामा वडा भित्रका बिभिन्न ९ वडा टोलका क्लवलाई खेलकुद सामग्री वितरण गरिएको वडा अध्यक्ष रामबहादुर डांगीे बताउनु भएको छ । उहाँका अनुसार वडा नम्बर ६ का प्रयास यूवा क्लव, मात्रीभुमी यूवा क्लव, पि.एफ.सि, पञ्चकुले यूवा क्लव, टार्गेट प्लान अफ यूवा क्लव, भेलभार यूवा क्लव, खिलतपुर यूवा क्लव, चिसापानी यूवा क्लव र बुटनिया यूवा क्लवलाई खेललकुदको सामग्री वितरण गरिएको हो ।


वडा भित्रका ९ वटा टोल क्लवलाई आबस्यत्तः अनुसार फुटवल, फुटवल नेट, जर्सी, भलिवल, भलिवल नेट, किट जुत्ता लगाएतका सामग्री वितरण गरिएको छ । वडाका यूवाहरुलाई खेल क्षेत्रमा सहभागी गराउन र खेल क्षेत्रलाई वडा स्तरबाट बलियो बनाउन सामग्री वितरण गरिएको वडा अध्यक्ष डाँगीको भनाई छ । खेल क्षेत्रको लगानीले यूवाहरुमा सकारात्म सोच पलाउने र दक्ष खालाडी उत्पादनमा बिशेष टेवा पुग्ने भएकाल पनि सामग्री वितरण गरिएको बतताईएको छ । वडाले बितरण गरेको खेलकुद सामग्रीको प्रयोगबाट आफ्नो वडामा दक्ष खेलाडी उत्पादन हुनेमा आफुहरु बिस्वस्त भएको उहाँले बताउनु भयो ।