
हापुरे ७ पुस ।
हापुरे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन अनेरास्वबियूको पालिका स्तरिय भेला सम्पन्न भएको छ । आज अनेरास्वबियूको बबई गाउँपालिकामा भेला सम्पन्न भएको हा । भेला शिव कुमार केसीको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष तथा एमाले नेता भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम अनेरास्वबियू दाङ जिल्ला सचिव गोबिन्द बस्नेतको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेता पौडेलले बिद्यार्थी नै भविष्यका ठुला नेता हुने भन्दै विद्यार्थी जिवनबाट नै राजनितीको यात्रा सुरु गर्नेले राजनीतीमा सफलता प्राप्त गर्ने बताउनु भयो । उहाँले आफु पनि एमालेको बिद्यार्थी संगठनबाट राजनितीक यात्रा सुरु गरी यहाँ सम्म आईपुगेको स्मरण गराउदै बिद्यार्थी सफल राजनिज्ञ बन्न यो सुर्वण अबसर भएको बताउनु भयो ।

भेलाले शिवकुमार केसीको अध्यक्षतामा १७ सदस्यिय पालिका स्तरिय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा प्रेमबहादुर गिरी, सचिवमा आरती वली, सहसचिवमा दलबहादुर परियार (कमल बाबु) र कोषाध्यक्षमा हिमालल परियार रहनु भएको छ । त्यस्तै सदस्यहरुमा अनिस राणा,जयराम वली, सबिना बिटालु, सुस्मा घर्ती, मिना वली, सन्ध्या वली, पुर्णिमा परियार, जिवन वली, अनुपम रसाईली,सिता बिक, सुप्रीया भन्डारी, चन्द्रवती बिक, पुर्णबहादुर वली, सिता सुबेदी, ज्योती केसी र चन्द्र बहादुर बस्नेत रहनु भएको छ ।
त्यस्तै भेलाले निरज थापाको संयोजकत्वमा खेलकुद बिभाग, करुणा सारुको संयोजकत्वमा संगठन बिभाग र प्रतिभा वलीको संयोवकत्वमा महिला बिभाग समेत गठन गरेको अनेरास्वबियू बबईका सहसचिव दलबहादुर परियार(कमल बाबु)ले जानकारी दिनु भएको छ ।