
हापुरे ७ पौष ।
नेपाल बिधुत प्राधिकरण तुलसिपुर वितरण केन्द्रले एक सुचना जारी गर्दै बिधुत पोल र तारको वरिपरि नजान अनुरोध गरेको छ । वितरण केन्द्र अन्तरगतको बबई गाउँपालिकाको हापुरे देखी मदाने, भाङावारी, गंगटे सम्मको बिद्युत बिस्तार कार्य सम्पन्न भएकाले त्यस क्षेत्रमा पौष ७ गते देखी लाईन चार्जको कार्य सुरु भएकाले ट्रान्सफर्मर, पोल, तार र स्टे सेटहरु नजिक नजान र उक्त बस्तुहरु नछुन सुचना मार्फत अनुरोध गरेको हो ।


त्यस क्षेत्रमा लाईन चार्जको लागी ११ केभी बिद्युत प्रशारण लाईन छोडिएकाले ट्रान्सफर्मर, पोल, तार र स्टे सेटहरुमा खतरा हुनसक्ने भन्दै यस्तो सुचना जारी गरिएको बितरण केन्द्र तुल्सीपुरले बताएको छ । बिधुत लाईनको परिक्षणका बेला कसैले पनि त्यस्ता निशेधित ठाउँमा जन नहुँने बताईएको छ । बबई गाउँपालिकाको वडा नं. ५ देखी वडा नं. १ सम्मको बिद्युत बिस्तारको काम सम्पन्न भईसकेको छ । उक्त लाईनको पौष १० गते बिशेष कार्यक्रम गरि उद्घाटन समेत गर्न लागीएको छ । बबई १ गंगटेमा बिशेष कार्यक्रम गरि लाईनको उद्घाटन गरिने बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनु भएको छ ।