“सफलताको कथा”

यामप्रसाद बोहरा, हापुरे ५ पौष

“मन चित्त लगाई काम ग¥यो भने सफल भईन्छ” , यो भनाई , दंगिशरण—६ वागरका किसान लिलाधर खड्काको हो । खड्काले भैंसी पालन व्यवसाय गर्दै आउनु भएको छ । २०७८ साल जेष्ठ महिनादेखी व्यवसायीक रुपमा भैंसी पालन गर्दै आउनु भएका खडकाले दैनिक ३८ लिटर दुध विक्री गर्ने गरेको र मासिक ५० हजार सम्म आम्दानी हुने गरेको बताउनुभयो । वावु वाजेले वर्षौ देखी गर्दै आइरहेको कामलाई आधुनिक र ब्यबसायिकरुपमा गर्दा आम्दानी हुने रहेछ भन्न उदाहरण पनि भएको खड्काको भनाई छ । भैसी पालन ब्यबसायलाई निरन्तरता दिएर राम्रो आम्दानी गरिरहेका खड्काले अव तरकारी खेती र हाँस पालन गर्ने इच्छा रहेकोे समेत बताउनु भयो ।

 

खड्का संग अहिले ६ वटा दुहुना भैंसी छन् । व्यवसायमा खड्का सँगै उहाँकी पत्नी दामा खडका र पत्नीका भाईहरु मेहरमान वली र जिवराज वलीको पनि संलग्नता छ । विदेशमा अर्काको अधिनमा रहेर पैसा कमाउनु भन्दा आफनै देशमा वसेर यसरी व्यवसाय गरेर १०—१५ हजार कमाउनु राम्रो भएको व्यवसायमा संलग्न जिवराजले बताउनुहुन्छ । वि.स. २०२९ साल चैत्र ५ गते सल्यानमा जन्मिुनु भएका खडका २०७७ साल माघमा छत्रेश्वरी—४ पिरवही खोला सल्यानवाट दंगिशरण—४ बैवाङ मा बसाईसराई गरि आउनु भएको हो । कृषीले कृषकको जिवन बदल्न सक्छ भन्ने आशा सहित भैँसी पालनमा तल्लीन भएका खड्काले राम्रो मुनाफा गरे संगै उहाँको जिवन फेरीदै गएको छ । खड्का कुनै पनि काम पुरानै शैलीमा भन्दा आधुनिक तवरले ब्यबसायिकरुपमा गर्न सके राम्रो मुनाफा कमाउन सकिने सफल ब्यबसायि बन्दै समाजको उदाहरणीय कृषक बन्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर