पुस ४ हापुरे ।

हापुरे पुरन्धारा खानेपानी तथा सरसफाई उपभोक्ता समितीको निर्वाचनमा नेकपा एमाले सम्बद्ध प्रगतिशिल प्यानल बिजयी भएको छ । निर्वाचनका लागी हिजो शनिवार मतदान भएको थियो । जम्मा १५ सय १९ मतदाता भएको खानेपानीको निर्वाचनमा १४ सय ५५ मत खसेको थियो । जस मध्य प्रगतिसिल प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार खिमे सोमैले ६ सय ६० मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेस सम्बद्ध लोकतान्त्रिक प्यानलका चन्द्रबहादुर वलीले ३ सय ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा माओबादी केन्द्र सम्बद्ध सर्बपक्षिय प्यानलका अध्यक्ष पदका उम्मेदवार तिलकरा भन्डारीे ३ सय ५५ मत प्राप्त गर्नु भएको छ । अध्यक्षमा साेमैले २ सय ७७ मतान्तरले जित हासिल गर्नु भएकाे छ ।

 

उपाध्यक्षमा पनि प्रगतिशिल प्यानलका राजकुमारी बुढा ६ सय मत ल्याउदै बिजयि हुनु भएको छ । उहाँका निकट्तम प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलका उम्मेदवारे ३ सय ९३ मत ल्याउदा सर्बपक्षिय प्यानलका उम्मेदवारले ३ सय ६० मत प्राप्त गर्नु भएको छ । यस्तै निर्वाचनमा ६१० मत ल्याउदै तिर्थ बिश्वकर्मा सचिवपदमा, ५ सय ९५ मत ल्याउदै डम्बर वली कोषध्यक्षमा र ६ सय १८ मत ल्याउदै शिब केसी सहसचिव पदमा विजयी हुनु भएको छ । ११ जनाका लागी भएको निर्वाचनमा अन्य सदस्यमा पनि प्रगतिशिल प्यानलका उम्मेदवारे विजयी हासील गरेका छन् । खानेपानीको निर्वाचनमा ३ वटा प्यानल प्रतिशपर्धामा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर