हापुरे २ पौष ।

बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले कर्मचारीलाई समस्या परेको बेला आफु जुनसुकै अबस्थामा पनि सहयोग गर्न तयार रहेको बताउनु भएको छ । स्थायी, अस्थायी र करार वा ज्यालादारीमा काम गर्ने कर्मचारी जसलाई जहाँनेर समस्या परेपनि त्यसलाई सहयोगका लागी आफु पदमा रहे पनि नरहेपनि तयार रहेको बताउनु भएको छ । बबई गाउँपालिकामा आज सम्पन्न नेपाल निजामती कर्मचारी संगठनको पालिका स्तरिय अधिबेशनमा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष पौडेलले नेपाल निजामती कर्मचारी संगठनको प्रथम पालिका अधिबेशनलाई सम्बोधन गर्दै संगठनमा आबद्ध भए मात्र अन्यायमा न्याय पाउने बताउनु भयो । संगठनमा संगठित हुँदै नेकपा एमालेलाई सुदृढ गराउने अभियानमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

 

कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन दाङका कार्यबहाक अध्यक्ष नारायण घर्तीको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष पौडेलको अध्यक्ष प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य सेरबहादुर केसी, गोकर्ण वली, किरण अधिकारी, नेकपा एमाले बबईका अध्यक्ष जितबहादुर वली, पेशागत महासंघ बबईका अध्यक्ष जितबहादुर केसी, बबई गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहनाल दाहाल लगाएतकाले बोल्नु भएको थियो ।

अधिबेशनले नविन प्रशाद डाँगीको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरेको छ । समितीको उपाध्यक्षमा मानबहादुर बस्नेत, सचिवमा बिमला भन्डारी, कोषाध्यक्षमा सम्झना चन्दलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कमबहादुर कनौ थापा, पाडेश्वर पौडेल, प्रकाश पौडेल, नारायण भन्डारी, साबित्रा चौधरी, निर्मला कुमारी पौडेल र होमराज वलीलाई चयन गरेको छ । नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध करिव ५० जना कर्मचारीको सहभागीतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण पेशागत महासंघ बबईका सचिब सरदराज गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर