दंगिशरण २९ मंसिर । दंगीशरण गाउँपालिकाको समन्वयमा साझेदारी संघियता सहयोग कार्यक्रम मार्फत पालिका स्तरीय महिला शान्ती सुरक्षा संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष चौधरिले दङ्गिशरणमा नयाँ कार्यको थालनि भएको भन्दै हातेमालो गरेर अगाडि बढ्न सुझाव दिनुभयो । दंगिशरणलाई हरेक पाटोबाट राम्रो बनाउनका लागि सबै जना आ आफ्नो जिम्मेवारी सम्झेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । सो अवसरमा कार्यपालिका सदस्य दिलकुमारि विक, वडा नम्बर ६ का वडा सदस्य ममता परियार, कार्यक्रम अधिकृत किरण पोखरेल, महिला बालबालिका शाखाका चन्र्दा वली लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा महिला शान्ति सुरक्षा संजाल गठन गरिएको छ । प्रत्येक महिना फेरीने गरि गठन गरिएको संजालमा यो पुष महिनाका लागि गिता रेग्मी न्यौपानेलाई जिम्मेवारी दिइने निर्णय गरिएको छ । यस्तै प्रत्येक महिनाको १६ गते संजालको नियमीत बैठक बस्ने निर्णय समेत गठन गरिएको छ ।कार्यक्रमको सहजिकरण साझेदारी पालिका संयोजक माया चौधरीले गर्नुभएको थियो ।

