
हापुरे २९ मंसिर ।
बबई गाउँपालिकामा तोकिएको आज सम्ममा एक हजार आठ सय पचासी जनाले फोटो सहतिको नामावलीमा नाम दर्ता गराएका छन् । मङ्सिर १७ गतेदेखि आज २९ गते सम्ममा बबई गाउँपालिकका ७ वटै वडामा १ हजार ३८ जना महिला र ८ सय ४७ जना पुरुष गरि जम्मा १ हजार ८ सय ८५ जना मतदाता थपिएको मतदाता संकलण केन्द्र बबईका स्थलगत ब्यबस्थापक तथा बबई गाउँपालिका शिक्षा अधिकृत मोहन दाहाले बताउनु भयो ।
प्रदेश निर्वाचन आयोग दाङको बिशेष कार्यक्रम अन्तरगत दाङका सबै स्थानिय तहमा फोटो सहितको मतदाता नामावली संकलण कार्य सञ्चालन भैरहेको छ । जस अनुसार बबई गाउँपालिकामा प िनगत मंसिर १७ गते देखी मतदाता नामावली संकलण भईरहेको छ । मंसिर २९ गते सम्म गाउँपालिकाका सबै वडाका नागरिकको मतदाता संकलण कार्य भएको र यो कार्य आगामी पौष २ गते सम्म चल्ने बताईएको । अब पौष १ र २ गते भने बबई गाउँपालिकाका ७ वटै वडामा छुटेका नागरिकहरुको नामावली संकलण गरिने छ ।

