
हापुरे २९ मंसिर ।
ब्यबसायिक योजना तयारी र ऋण प्राप्ती प्रक्रिया सहजीकरण कार्यक्रम बुधबार पश्चिम दाङको बबई गाउँपालिकामा सम्पन्न भएको छ । बबई गाउँपालिकाको सहयोगमा घरेलु तथा साना उद्योग कार्याय दाङ र सामाजिक बिकास साखा बबईको आयोजनामा साना तथा घरेलु ब्यबसायिहरुको सहजताका लागी सहजीकरण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई उद्योग सञ्चालनमा आबस्यक सबै किसिमका तयारी र उद्योगलाई कसरि प्रबद्र्धन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराईएको थियो । उद्योग सञ्चालन गर्दा आबस्यक पुँजीको ब्यबस्थापनका लागी बैंकिङ ऋण कसरी प्राप्त गर्न सकिन्छ, त्यसका प्रक्रिया र आबस्यक कागजातको बिषयमा समेत जानकारी गराईएको सामाजिक बिकास शाखा बबईका प्रमुख तेजेन्द्र घर्तीले बताउनु भएको छ ।


करिव ४५ जना ब्यबसायीहरुको सहभागितामा सम्पन्न कार्यक्रम घरेलुका निमित्त प्रमुख उमबहादुर वलीको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम गाउँपालिका उपाध्यक्ष साबित्रा विश्वकर्मा र निमित्त प्रमुख प्रशाासकिय अधिकृत मोहन दाहालको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा ब्यबसायिक योजना तयारी सम्बन्धि प्रशिक्षण घरेलुका उद्यम बिकास सहजकर्ता अनिल चौधरीले दिनु भएको थियो । त्यस्तै ब्यबसाय दर्ता, आबस्यक कागजात र प्रक्रियाको बारेमा उद्योग अधिकृत उमबहादुर वलीले र बैंकिङ ऋण प्रबाह सम्बन्धि प्रशिक्षण नेपाल बंगलादेश बैंक हापुरेका कर्जा शाखा प्रमुख बिरेन्द्र वलीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक बिकास शाखा बबईका शाखा प्रमुख तेजेन्द्र घर्तीले गर्नु भएको थियो ।