बालकृष्ण पाण्डे, हापुरे २९ मंसिर ।

गङ्गटेमा नेपाल टेलीफोन सेवा सुचारु भएको छ । सञ्चारबाट बञ्चित बबई गाउँपालिका १ मा टेलिफोन सेवा सञ्चालन भएपछी बिकासको मुख देख्न पाएको स्थानियले बताएका छ्न । सबै क्षेत्रबाट पिछडिएको बबई १ का भुभागहरुमा सपना जस्तै लागेको टेलिफोन सेवा सन्चालन भए पछि बिकासले फड्को मारेको आभाष भएको स्थानिय मान बहादुर पुनको भनाई छ ।

२०७४ सालको निर्वाचनमा भोटमाग्न जाँदा दिएको आश्वासन नेताहरुले पूरा गर्दै गएको समेत स्थानीयले बताए । नेताहरुले चुनावमा भोटमाग्दा गरेका प्रतिबद्धता एक पछि अर्को गर्दै पूरा गर्दै जाँदा साच्चिकै आनन्द आएको बबई १ गंगटेका तुल बहादुर पुनको भनाई छ ।

स्थानीय सरकारको अघुवाईमा नेपाल टेलिकमको टेलिफोन सेवा सञ्चालनमा आए पछि अहिले सम्म सम्पर्क बिहिन क्षेत्र सञ्चारको पहुँचमा आएको छ । स्थानिय सरकारको पहलमा टेलिकमको टावार निर्माण भएको लामो समए हँुदा पनि टेलीफोन सेवा सञ्चालन नभए पछि बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेल, प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्ल, वडा न २ का अध्यक्ष चिन्तामणि शर्मा सहितको टोलि टेलिकमको क्षेत्रिय कार्यालय नेपालगञ्ज र केन्दिय कार्यालयमा पुगेर सेवा सञ्चालनका लागि पहल गरे लगत्तै सेवा सञ्चालन भएको हो ।

यसैबिच लगत्तै गंगटे क्षेत्रका ठाउँहरुमा विद्युत सेवा समेत सञ्चालन हुँदै छ । लामो समय देखि सुरु भएको विद्युतको काम केही दिनमै सम्पन्न हुँदै छ । त्यस लगत्तै विद्युत सेवा समेत सन्चालन हुने भए पछि स्थानियहरुले खुसिले सिमा नांघेको छ । पछाडी परेको क्षेत्रमा एक पछि अर्को बिकासको मुल फुट्दा स्थानिय सरकार जनताको पक्षमा रहेको आभाष भएको स्थानियहरुले बताएका छन । विद्युत मर्मतको कार्य अन्तिम चरणमा पुगेकोले आगामी पौष १० गते उद्घाटन कार्यक्रम गरिने बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो हामिले अनुगमन गरिसकेका छौ अब छिटोभन्दा छिटो बिधुत सेवा सञ्चालन गरिने छ ।

टेलीफोन सेवा सञ्चालन, बिद्युत बिस्तार र सडक निर्माण लगाएतका कामले स्थानिय सरकारलाई सार्थकता तुल्याएको छ । स्थानिय तहहुनु भन्दा पहिले १२ देखी १५ घण्टा सम्म पैदल यात्रा गरेर हिड्न पर्ने विकट ठाउँमा अहिले सडक, बिद्युत र टेलीफोन सेवा लगाएतका बिकासले आफुहरु बिकट क्षेत्रमा बसेको पुरानो दुख बिर्सदै गएको बताइएको छ । स्थानिय सरकारले जनताको मर्का बुझेर जनमैत्री काम गर्दै गएकाले पुराना दुख भुलेर खुसीमा बाच्ने अबसर आएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर