
याम प्रशाद बाेहरा, २५ मंसिर ।
१
परेलीमा टिलपील–टिलपील आँशु राखेर,
परदेश जाँदैछु म, यो मन गाँठो पारेर,
दुई–चार वर्ष पछि त फर्किहाल्छु नी कान्छि,
जानीवेला विदा नगरे है, आँशु झारेर ।।
२
यो दिल जस्तै त्यो दिलमा पनि सम्वन्धका अनेक खाता हुन सक्छ,
व्यक्ति–व्यक्ति वीच गरिने व्यवहारको आफनै हाता हुन सक्छ,
एउटा व्यक्ति त अनेक सम्वन्धमा जोडिएको हुन्छ यहाँ,
तर दिल वाट गाँसिएको सम्वन्धमा नजिक नाता हुन सक्छ ।।
३
हावाहुरी चल्यो, वेग चल्यो अव के गरम,
केही कुराले मन जल्यो अव के गरम,
भोली नै परदेश जाने खवर आएपछि ,
सपनीमा साईतको कलश ढल्यो अव के गरम ।।

