हापुरे २४ म‌ंसिर ।

दलित सेवा संघको आयोजना एबम बिकास कोष नर्वेको सहयोगमा संचालित बिभेदमा पारिएका समुदायको जिबिको पार्जनमा सुधार परियोजना दोस्रो चरन अन्तरगत ७३ औ अन्तरास्ट्रिय मानब अधिकार दिवस र लैङिक हिंसा बिरुद्ध को १६ दिने अभियानको अबसरमा लैङिक समानता सामाजिक न्याय र स्थानिय सरकारको बजेटमा दलित सिमान्तकृत मैत्री कसरी बनाउन सकिन्छ भन्ने सम्बन्धमा बहुसरोकारवाला निकाय बिच सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दलित तथा सिमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्वको लागि सबै उत्तिकै जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले सम्म राज्य सन्चालकहरुले यो समुदायको निमित्त केहि बोले जस्तो केहि गरेजस्तो भए पनि समग्रमा राज्यको मुल प्रबाहमा ल्याउने कुनै स्पस्ट र बलियो आधार नभएको बताएका थिए ।

 

कार्यक्रम बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष साबित्रा बिक, प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्ल, वडा नम्बर ६ का वडाध्यक्ष राम बहादुर डागी , नेकपा एमाले बबईका अध्यक्ष जित बहादुर वली, नेपाली काङ्ग्रेस बबईका सचिब खिमकान्त धिताल, नेकपा एमाले बबईका सचिब धनबहादुर डागी, हापुरे उधोग बाणिज्य संघका अध्यक्ष टिकाराम केसी, जनकल्याण माबि पदमपुरका प्रअ गणेश बहादुर केसी , ईलाका प्रहरी कार्यालयका रिता चौधरी , बबई गाउँपालिका कार्यपालिका सदस्य शान्ता बिक, सरस्वती नेपाली , गौरी बोहरा , रुपा राना , बबई गाउँ स्तरिय महिला संजालका सदस्य बम कुमारि खड्का , पन्चमुखि महिला सहकारीका अध्यक्ष पुतलीदेबि खत्री ,युवा अभियान्ता भक्त डागी , बबई गाउँ पालिका कृषि शाखा प्रमुख चन्द्रसोभा कँडेल , रोजगार शाखा प्रमुख बिप्लप अधिकारि लगाएतले कार्यक्रमको बारेमा प्रतिबद्धता सहितको मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर