देबि भण्डारी, हापुरे २४ मंसिर ।

७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गीक हींसा बिरुद्दको १६ दिने अभियान बबई गाउँपालिकामा आज एक कार्यक्रमका बिच समापन गरिएको छ । बबई गाउपालिका उपाध्यक्ष सबित्रा बिकको अध्यक्षता तथा बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आथित्यता एवम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले अहिले पनि महिला महिलाकै कारण हींसामा परेको बताउनु भयाे । हिंसा कतैबाट आउने कुरा नभई मान्छे आफैले सिर्जना गर्ने भएकाले त्यो सिर्जना हुन नदिन सबै सचेत रहनु पर्नेमा समेत अध्यक्ष पाैडेलले जाेड दिनु भयाे। कार्यक्रमका बिशिस्ट अतिथी भीष्म कुमार मल्लले समाजमा हि‌ंसाकाे रुप परिवर्तन भएकाे बताउदै हिंसाबाट बढि प्रभबित महिला नै भएको बताउनु भयो ।

मल्लले लैङ्गिक हिंसा निर्मुल गर्न नसके पनि न्युनिकरण गर्न तर्फ सबै क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । सुआहारा कार्यक्रमकी लक्ष्मी भण्डारीकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रममा बबई महिला संजालकी सदस्य बमकुमारी डागी , बबई गाउपालिका वडा न ६ का अध्यक्ष रामबहादुर डागी ,महिला अघुवा पुतला देबि रेग्मी , नेपाल महिला संघ बबईकि सभापती प्रेमा बुढाथोकी , बबई गाउपालिका कार्यपालिका सदस्य शान्ता बिक , नेपाली काङ्ग्रेस बबईका सचिब खिमकन्त धिताल , नेकपा एमाले बबईका अध्यक्ष जितबहादुर वलि, दलित सेवा संघका कार्यक्रम अधिकृत छवि परियार लगायतकाले बाेल्नु भएकाे थियाे ।

कार्यक्रममा बबई गाउँपालिका न्यायीक समितिमा भएका गतिविधि, न्यायिक समितिकाे क्षेत्राधिकार र न्यायिक समितिले हाल सम्म गरेका कामको बिषयलाई समेटिएको बबई पालिका न्यायिक समितिको सङ्गालाे पुस्तककाे  बिमोचन समेत गरिएको थियाे । कार्यक्रमको सहजिकरण बबई गाउँपालिका महिला बालबालिका शाखाकी शाखा प्रमुख ईशवरा रावतले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर