
हापुरे २४ मंसिर ।
पिपुल्स ल्याण्ड सेकेण्डरी ईङ्गलिस बोर्डिङ स्कुल बबई–४, हापुरे दाङको शुक्रवारे कार्यक्रम अन्तरगत आज वादविवाद प्रतियोगीता सम्पन्न भएको छ । मावि स्तरीय उक्त कार्यक्रममा कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुले शहरीया जीवन भन्दा गाउले जीवन वेश भन्ने शिर्षकमा विद्यार्थीहरुले आफ्ना पक्ष र विपक्षमा तर्क प्रस्तुत गरेका थिए ।


उक्त प्रतियोगीतामा कक्षा १० का छात्र महेन्द्र कुमार सुवेदी प्रथम, कक्षा ९ की छात्रा वालिका वली र कक्षा ६ का छात्र शुसिल शर्मा द्वितिय, कक्षा ९ की छात्रा अरुणा राना मगर तृतिय र कक्षा ५ का छात्र गौरव वली सान्तोना स्थान ल्याउन सफल भएका छन् ।
नेपाली शिक्ष्ँक विभुति ज्ञावलीको सभापती र प्रिन्सीपल खुमराज पाण्डेको प्रमुख अथीत्यतामा भएको कार्यक्रमको संचालन कक्षा १० का छात्र दिप्पन खड्काले गर्नुभएको सह–प्रिन्सीपल मान वहादुर डाँगीले जानकारी दिनुभएको छ ।