
हापुरे २३ मंसिर ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान भोली एक कार्यक्रमका बिच समापन गरिने भएको छ । यस वर्ष मंसिर ९ गते देखी मंसिर २४ गते सम्म लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन भएको थियो । घरबाटै सुरु गराै लैंगिक हिंसा अन्त्य गराै भन्ने मुल नारा सहित मनाउन लागिएकाे १६ दिने अभियान नुसार बबई गाउँपालिकाका सबै वडाहरुमा हिंसा बिरुद्धका कार्यक्रम सम्पन्न गरिएको महिला बालबालिका शाखाका प्रमुख ईस्वरा रावतले बताउनु भएको छ ।
वडामा सञ्चालन हुने १६ दिने अभियान अन्तरगतका कार्यक्रमहरु सम्पन्न भएको बताउदै उहाँले भोली २४ गते अभियानको समापन गर्न लागिएको बताउनु भयो । समापन कार्यक्रममा उपस्थित हुन उहाँले सबै सरोकारवाला सबैमा अनुरोध समेत गर्नु भएको छ ।
