
हापुरे २२ मंसिर ।
लोकतान्त्रिक प्यानलबाट हापुरे पुरन्धारा खानेपानि तथा सरसफाई समितीको अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका चन्द्रबहादुर वलीले आफुहरुले चुनाव जित्ने दावी गर्नु भएको छ । उहाँले बुधबार हापुरे खबर संग कुरा गर्दै चुनाव जित्ने दावी गर्नु भएको हो । हापुरे खानेपानीका सबै उपभोक्ता लोकतान्त्रिक प्यानलको पक्षमा भएको बताउदै उहाँले खानेपानीको चुजावमा आफ्नो प्यानलले नै जित हासिल गर्ने जिकिर गर्नु भयो ।
नेपाली काँग्रेस सम्बद्ध लोकतान्त्रिक प्यानलबाट अध्यक्षपदमा वली सहित उपाध्यक्षमा यादकुमारी खत्री, सचिवमा अम्मर प्रशाद भुषाल, कोषध्यक्षमा बालिराम खत्री र सहसचिवमा नरबहादुर सुनार (हिरो) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । लोकतान्त्रिक प्यानलबाट सदस्य पदका लागी हाँसा बुढाक्षेत्री, बोम बहादुर खड्का, गोमा वली खड्का, मनिकला बिक, केशब बिक र सोभाराम ठारामगरले उम्मेदवारी दिनु भएको छ ।

