
हापुरे २२ मंसिर ।
बबई गाउँपालिकामा मंसिर २२ गते छैठौं दिन सम्म ८ सय ६३ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन आयोगको बिशेष कार्यक्रम अन्तरगत दाङका स्थानिय तहहरुमा मंसिर १७ गते देखी फोटो सहितको मतदाता नामावली संकलण गर्न सुरु गरिएको थियो ।
आज मात्रै १ सय ४९ जनाले नाम दर्ता गराएको बबई गाउँपालिकाका शिक्षा अधिकृत तथा नामावली संकलणका स्थलगत ब्यबस्थापक मोहन दाहालले बताउनु भएको छ । उहाँका अनुसार ८६ जना महिला र ६३ जना पुरुषले नाम दर्ता गराएका छन । वडा नं. ४, ५, २ र ३ का गरि आज सम्म ४ सय ९७ जना महिला र ३ सय ६६ जना पुरुषले नाम दर्ता गराएको बताईएको छ ।


१७ गतेदेखि २० गतेसम्म वडा नं.४ र ५ को मतदाता नामावली सङ्कलन गरिएको थियो । २१ गते देखि २४ गतेसम्म वडा नं. २ र ३ को दर्ता कार्य जारी रहेको छ । त्यसैगरी २५ गते वडा नं. ६ को , २६ र २७ गते वडा नं. ७ को , २८ र २९ गते वडा नं. १ को नामावली दर्ता हुनेछ भने छुट भएका सबै वडाका मतदाताहरुको नाम पौष १ र २ गते दर्ता गरिनेछ ।
निर्वाचन आयोगले २०७७ पौष ५ गते प्रकाशन गरेको मतदाता नामावली अनुसार मतदाताको संख्या वडा नं. २ मा २ हजार ५ सय ६६, वडा नं. ३ मा २ हजार १ सय ८०, वडा नं. ४ मा ३ हजार १ सय २ जना र वडा नं. ५ मा ३ हजार ४ सय ५५ जना रहेको थियो । बबई गाउँपालिकामा अहिले भैरहेको उपस्थितीलाई हेर्दा नयाँ र छुट मतदाता नामावली सङ्कलनबाट १० प्रतिशत भन्दा बढि मतदाता थप हुने अनुमान गरिएको ब्यबस्थापक दाहालले बताउनु भयो ।