हापुरे २१ मंसिर ।
पश्चिम दाङको हापुरे पुरन्धारा खानेपानी तथा सरसफाई समितीको आगामी पौष ३ गते हुने निर्वाचनमा नेकपा एमाले निकटको प्रगतिशिल प्यानलका सबै उम्मेदवारले निर्वाचन जित्ने अध्यक्षका उम्मेदवार खिमे सोमै (रणबहादुर) ले बताउनु भएको छ । उम्मेदवारी दर्ता पछि हापुरे खबर संग कुरा गर्दै अध्यक्ष पदका उम्मेदवार सोमैले आफुहरुले निर्वाचन जित्नेमा कुनै संका नभएको बताउनु भएको छ ।

हापुरे खानेपानी उपभोक्ता समिती बबई ४ र ५ का उपभोक्ताहरुले खानेपानीमा सक्षम नेतृत्वको अबश्यक्ता महशुस गरेकाले प्रगतिशिल प्यानलबाट आफुहरुको उम्मेदवारी आएको बताउदै जनताले ठिक र बेठिक छुट्याएर आफ्नो प्यानललाई बिजयी बनाउनेमा ढुक्क रहेको उहाँले बताउनु भयो । यस भन्दा अघि अरुहरुको नेतृत्व पनि हेरी सकेका जनता प्रगतिशिल प्यानलको पक्षमा रहेकाले पनि आफुहरु विजयीहुनेमा बिस्वस्त रहेको सोमैले बताउनु भयो ।

 

नेकपा एमालेको प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा खिमे स्वमै (रणबहादुर), उपाध्यक्षमा राजकुमारी बुढा, सचिवमा तिर्थराज बिश्वकर्मा, कोषाध्यक्षमा डम्बर वली, सहसचिवमा शिबकुमार खत्रीको उम्मेदवारी परेको छ । त्यस्तै सदस्य पदका लागी प्रगतिशिल प्यानलबाट देबिलाल खत्री, दलबहादुर खत्री, खिमा वली घर्ती,भुमा वालान क्षेत्री, कृष्ण बहादुर बिश्वकर्मा र मानबहादुर बंशीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर