
हापुरे २१ मंसिर ।
पश्चिम दाङको हापुरे पुरन्धारा खानेपानि तथा सरसफाई उपभोक्ता समिती बबई ४ र ५ को आगामी पौष ३ गते हुने निर्वाचनमा तिन वटा प्यानल चुनावी मैदानमा आएका छन् । निर्वाचनमा नेकपा एमाले निकटको प्रगतिशिल प्यानल, नेपाली काँग्रेस निकटको लोकतान्त्रिक प्यानल र नेकपा माओबादी केन्द्र, एकिकृत समाजबादी र राजमो यलाईन्सको सर्बपक्षिय प्यानल भिड्ने भएका हुन ।
नेकपा एमालेको प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा खिमे स्वमै (रणबहादुर), उपाध्यक्षमा राजकुमारी बुढा, सचिवमा तिर्थराज बिश्वकर्मा, कोषाध्यक्षमा डम्बर वली, सहसचिवमा शिबकुमार खत्रीको उम्मेदवारी परेको छ । त्यस्तै सदस्य पदका लागी प्रगतिशिल प्यानलबाट देबिलाल खत्री, दलबहादुर खत्री, खिमा वली घर्ती,भुमा वालान क्षेत्री, कृष्ण बहादुर बिश्वकर्मा र मानबहादुर बंशीको उम्मेदवारी परेको निर्वाचन समितीले बताएको छ ।


त्यस्तै नेपाली काँग्रेस सम्बद्ध लोकतान्त्रिक प्यानलको अध्यक्षमा चन्द्रबहादुर वली, उपाध्यक्षमा यादकुमारी खत्री, सचिवमा अम्मर प्रशाद भुषाल, कोषध्यक्षमा बालिराम खत्री र सहसचिवमा नरबहादुर सुनार (हिरो) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । लोकतान्त्रिक प्यानलबाट सदस्य पदका लागी हाँसा बुढाक्षेत्री, बोम बहादुर खड्का, गोमा वली खड्का, मनिकला बिक, केशब बिक र सोभाराम ठारामगरले प्रतिस्पर्धा गर्ने बताईएको छ ।
उता तिनदलको समर्थनमा बनेको सर्बपक्षिय प्यानलबाट निर्वतमान अध्यक्ष तिलाराम भन्डारीलाई अध्यक्ष पदका लागी उम्मेदवारी बनाईएको छ । त्यस्तै उपाध्यक्षमा अञ्जु घर्ती, सचिवमा टेकबहादुर खत्री, कोषाध्यमा परेकलाल बुढा र सहसचिवमा रोशन खत्रीले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै सदस्य पदका लागी निमकान्त गौतम, विजयराम बुढा, मनकुमारी खड्का, देवि पुन, हिराकुमारी बिक र ममता चन्द वालान क्षेत्रीलाई उम्मेदवार बनाईएको छ । हापुरे खानेपानीको निर्वाचन आगामी पौष ३ गते हुने कार्यतालिका सार्वजनिक भए अनुसार आज मंसिर २१ गते मनोनयन दर्ताको मिति तोकिएको थियो ।