
हापुरे १८ मंसिर ।
प्रदेश निर्वाचन कार्यालय दाङको बिशेष कार्यक्रम अन्तरगत पश्चिम दाङको बबई गाउँपालिकामा शुक्रवार देखी सुरु भएको फोटो सहितको मतदाता नामावली संकलण कार्यमा शनिवार सम्म २ सय ३३ जनाले नाम दर्ता गराएका छन् । शुक्रवार पहिलो दिन ८९ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए भने दोस्रो दिन शनिवार १ सय ४४ जनाले नाम दर्ता गराएका छन् ।

शुक्रवार र शनिबार गरि वडा नं. ४ र ५ का जम्मा १२६ जना महिला र १०७ जना पुरुष गरि दुई दिनमा २ सय ३३ जनाले नामावलीमा नाम दर्ता गराएको बबई गाउँपालिका शिक्षा अधिकृत मोहन दाहालले बताउनु भयो । नामावली संकलण कार्य आगामी पौष २ गते सम्म सञ्चालन हुने पनि उहाँले बताउनु भयो ।