
हापुरे १८ मंसिर ।
पश्चिम दाङको हापुरेमा रहेको मातामनकामना पोलिक्लिनिक पश्चिम दाङ वासीको मनमनमा बस्न सफल भएको छ । विगत एक वर्ष अगाडी हापुरे वजारमा स्थापना भएर स्वास्थ्य सेवा दिदै आएको पोलिक्लिनिकले बिभिन्न समयमा निशुल्क स्वास्थ्य शिविर चलाएर यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा सहभागी हुदै नागरिकहरुको मनमा बस्न सफल भएको छ ।
आफ्नै गाउँठाउँमा बिशेषज्ञ डाक्टरको उपस्थितीमा शिविर मार्फत स्वास्थ्य सेवा दिएकोमा बबई तिन हंसपुरका स्थानिय बासिन्दाले खुसी ब्यक्त गरेका छन् । आज बबई गाउँपालिका ३ हंसपुरको जनता माविमा भएको निशुल्क स्वास्थ्य शिविरमा उपचारका लागी आएका नागरिकहरुले मातामनकामना पोलिक्लिनिकले स्थानिय जनताको स्वास्थ्यमा राम्रो ख्याल गरेको भन्दै खुसी ब्यक्त गरेका थिए ।


मातामनकामना पोलिक्लिनिक हापुरेले आज शनिबार हंसपुरमा गरेको निशुल्क स्वास्थ्य शिविरमा जम्मा १ सय २६ जनाले सेवा लिएको शिविर सञ्चालक प्रेम वलीले बताउनु भएको छ । उनीहरु मध्य सबैलाई चेकजाँच पछि निशुल्क औषधी वितरण गरिएको पनि वलीले बताउनु भयो । त्यस्तै शिविरमा १६ जनाले भिडियो एक्सरे सेवा लिएको बताइएको छ ।
सञ्चालक वलीले यस्ता निशुल्क शिविर मार्फत जनताको स्वास्थ्यको हेरचाह गर्ने अभियानमा मातामनकामना पोलिक्लिनिक सधै भरी लागी रहेने बताउनु भयो । उहाँले मान्छेको स्वास्थ्य भन्दा ठुलो कुरा केही नभएको बताउदै स्थानियलाई स्वस्थ बनाउने आफ्नो प्रयासमा निरन्तररुपमा लागी पर्ने बताउनु भयो ।।