हापुरे १७ मंसिर ।
पश्चिम दाङको बबई गाउँपालिका ३ हंसपुरमा आगामी भोली निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बबई गाउँपालिकाको हापुरेबाट स्वास्थ्य सेवा दिदै आएको माता मनकामना पोलिक्लिनिकको आयोजनामा भोली शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको पोलिक्लिनिकका सञ्चालक प्रेम वलीले जानकारी दिनु भएको छ ।

 

उहाँका अनुसार शिविरमा डा. अरबिन्द भुषाल र डा. रुपेन्द्र पोख्रेलले विरामीहरुको चेकजाँच तथा उपचार गर्ने बताइएको छ । शिविरमा सबै किसिमका विरामीहरुलाई सेवा दिने पनि शिविर सञ्चालकहरुले बताएका छन् । शिविरमा चेकजाँच तथा औषधी पुर्णरुपमा निशुल्क रहने र भिडियो एक्सरेमा ५० प्रतिशत छुटको ब्यबस्था मिलाईने बताईएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर