हापुरे १७ मंसिर ।
पश्चिम दाङको बबई गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलण कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङको बिशेष कार्यक्रम अन्तरगत बबई गाउँपालिकामा आज देखी फोटो सहितको मतदाता नामावली संकलण कार्यको सुरुवात गरिएको हो । बबई गाउँपालिकामा आज देखी पुस २ गते सम्म फोटो सहितको मतदाता नामावली संकलण कार्य चल्ने बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले जानकारी दिनु भएको छ ।

 

उहाँका अनुसार मंसिर १७ देखी मंसिर २० गते सम्म वडा नं. ४ र ५ को नामावली संकलन गरिने बताईएको छ । त्यस्तै मंसिर २१ गते देखी २४ गते सम्म वडा नं. २ र ३ को, मंसिर २५ गते वडा नं. ६ को मंसिर २६ र २७ गते वडा नं. वडा नं. ७ को र मंसिर २८ र २९ गते वडा नं. १ का नागरिकहरुको फोटो सहितको मतदाता नामावली संकलण गरिने बताइएको छ । त्यस्तै पुस १ र २ गते बबई गाउँपालिकाका सबै वडाका छुटेकाहरुको नामावली संकलन गरिने गाउँपालिकाका शिक्षा अधिकृत मोहन दाहालले बताउनु भयो । आज पहिलो दिन बबई ४ र ५ का ८९ जना ले नाम दर्ता गराएका छन् । जम्मा ८९ जना मध्य ५८ जना महिला र ३१ जना पुरुषले फोटो सहितको मतदाता परिचयपत्रको लागी नाम दर्ता गराएको दर्ता कर्मचारी रामकुमार रावतले जानकारी दिनु भयो । उहाँका अनुसार भोली बिहान ८ वजे देखी मतदाता नामावली संकलण कोर्य सुरु हुने बताइएको छ ।

फोटो सहितको नयाँ मतदाता नामावली संकलन विशेष कार्यक्रम मार्फत जिल्लाका सात वटा पालिकाबाट पनि संकलन कार्य सुरु गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।जिल्लामा दुई चरणमा सवै पालिकाबाट नामावली संकलन गर्न लागीएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । पहिलो चरण अन्र्तगत पश्चिम दाङको दंगीशरण, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकाबाट शुक्रवार देखी मतदाता नामावली संकलन गर्न सुरु गरिएको उहाले जानकारी दिनुभयो ।

शुक्रवार देखी सुरु भएको संकलन कार्य पौष २ गते सम्म जारी रहनेछ । यस्तै दोस्रो चरणमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिमा आउदो पौष ४ गतेदेखी १८ गते सम्म संचालन हुने उहाले जानकारी दिनुभयो । यस अघि तुलसीपुर, घोराही र लमहीबाट मतदाता नामावली संकलन कार्य भईरहेको छ । मतदाता नामावली बनाउन छुटेका नागरिकहरुले मात्रै पालिकाबाट सेवा लिन सकिने बताईएको छ । तर नामावली सच्याउन, ठाउँ परिवर्तन गर्न र बाहिरी जिल्लाबाट नागरिक जारी भएकाले प्रदेश निर्वाचन कार्यालयबाट मात्रै सेवा लिन सक्ने निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर