
हापुरे १७ मंसिर ।
दाङको बबई गाउँपालिकामा ३० औँ अन्तराष्ट्रिय अपांग दिवस मनाइएको छ । बबई गाउँपालिका, आइ.एन.एफ र अपापंग समाबेशी तथा सरोकार मञ्च बबईको सयुक्त आयोजनामा दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अपांग ब्यक्तिहरुका लागि राज्य मात्रै नभएर परिवारको जिम्मेवारी उत्तिकै रहने बताएका थिए । आजको सपांग ब्यक्ति भबिष्यमा अपांग हुन सक्ने भन्दै उनीहरुको बिकासका लागि सबैले प्रेरणाका लागि काम गर्नुपर्ने बताएका थिए ।


कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले अपांग नागरिकका लागि राज्यले ठूलो लगानी गरेको बताउनुभएको थियो । अपांग भएका ब्यक्तिहरुका लागि परिवार र समाजले अपहेलना हुने गरेको चर्चा गर्दै अब राज्यको लगानीले यस्तो नहुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष साबित्रा बिश्वकर्मा, वडा अध्यक्ष नन्दलाल वली, आइ.एन.एफका कृष्ण वलीले बोल्नुभएको थियो । बबई गाउँपालिकाका अपांग ब्यक्तिहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख इश्वरा रावतले गर्नुभएको थियो ।