
हापुरे १७ मंसिर ।
पश्चिम दाङको बबई गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलण कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङको बिशेष कार्यक्रम अन्तरगत बबई गाउँपालिकामा आज देखी फोटो सहितको मतदाता नामावली संकलण कार्यको सुरुवात गरिएको हो । बबई गाउँपालिकामा आज देखी पुस २ गते सम्म फोटो सहितको मतदाता नामावली संकलण कार्य चल्ने बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले जानकारी दिनु भएको छ ।


उहाँका अनुसार मंसिर १७ देखी मंसिर २० गते सम्म वडा नं. ४ र ५ को नामावली संकलन गरिने बताईएको छ । त्यस्तै मंसिर २१ गते देखी २४ गते सम्म वडा नं. २ र ३ को, मंसिर २५ गते वडा नं. ६ को मंसिर २६ र २७ गते वडा नं. वडा नं. ७ को र मंसिर २८ र २९ गते वडा नं. १ का नागरिकहरुको फाेटाे सहितकाे मतदाता नामावली संकलण गरिने बताइएको छ । त्यस्तै पुस १ र २ गते बबई गाउँपालिकाका सबै वडाका छुटेकाहरुको नामावली संकलन गरिने गाउँपालिकाका शिक्षा अधिकृत मोहन दाहालले बताउनु भयो । प्रदेश निर्वाचन कार्यालय दाङले स्थानिय नागरिकको सहजताका लागी दाङका १० वटै पालिकाबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य सञ्चालन गरेको छ ।
े