याम प्रशाद बोहोरा-हापुरे, १३ मंसिर ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था हापुरे शाखाले संस्थामा आवद्ध सदस्यलाई आज एक कार्यक्रमको आयोजना गरि सुत्केरी स्हायार भत्ता वित्तरण गरेको छ । शाखा कार्यालय पुरन्धारा अन्र्तगत केन्द्र नं.०७८ कि सदस्य भद्रा बुढाथोकीलाई सुत्केरी स्याहार भत्ता वितरण गरीएको हो ।

संस्थाको निती अनुसार दंगिशरण ७ सिमठानामा गठन गरिएको केन्द्र नं. ०७८ मा संस्थाकि कर्मचारी सिता भण्डारीले आज केन्द्र बैठकमा कार्यक्रमको आयोजना गरि २ हजार ५ सय रुपैया प्रदान गर्नु भएको हो ।

 

साधरण कर्जा उपभोग गरिरहेका सदस्य सुत्केरी भएमा रु दुई हजार पाँच सय र लगातार ६ महिना सँम्म मातृत्व वचत प्रक्रियामा सलग्न भई सुत्केरी भएमा रु ५ हजार रुपैया सुत्केरी स्याहार भत्ता वितरण गरिने शाखा कार्यालय पुरन्धाराका शाखा प्रमुख खेमराज ओझाले जानकारी दिनुभएको छ । बैठ्कमा भत्ता वितरणपछि स‌ंस्थाले उपलब्ध गराएकाे सुविधा प्रति सदस्यहरुले संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर