
हापुरे ११ मंसिर ।
पश्चिम दाङको बबई गाउँपालिकामा भोली मंसिर १२ गते देखी मंसिर १६ गते सम्म कोरोना बिरुद्धको खोप लगाईने भएको छ । भोली देखी १८ वर्षमाथीका सबै नागरिकलाई कोरोना बिरुद्धको भरोसिल खोपको पहिलो मात्रा दिन लागिएको बबई गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख सरदराज गिरीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बबई गाउँपालिकामा यस अघि कुनै पनि खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई गाउँपालिका सबै वडाका स्वास्थ्य संस्थाबाट भेरोसिल खोपको पहिलो मात्रा दिन लागिएको हो । यसपाली पहिलो मात्रा खोप लगाएकाहरुका लागी पुस ४ गते देखी ८ गते सम्म दास्रो मात्रा खोप दिईने बताईएको छ । गाउँपालिकामा यस अघि ७ हजार ५ सय बढि नागरिकलाई कारोना बिरुद्धको खोप लगाईसकिएको समेत उपप्रमुख गिरीले बताउनु भएको छ ।

