
हापुरे ११ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्र बबईको अध्यक्षमा डिल्ली बुढाथोकी चयन हुनुभएको छ । नेकपा माओबादी केन्द्रले आज देश भरका पालिकाहरुमा पालिका स्तरिय सम्मेलन सम्पन्न गरेको छ । सोही अनुसार पश्चिम दाङको बबई गाउँपालिकामा बुढाथोकी अध्यक्षमा चयन हुनु भएको हो ।
बबई गाउँपालिकाको सभाहलमा आज सम्पन्न सम्मेलनले बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यिय गाउँकमिटी गठन गरको छ ।
जसको उपाध्यक्षहरुमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर वली रहनु भएको छ । त्यस्तै गाउँकमिटीको सचिवमा अन्जु घर्ती सहसचिबमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बुढा चयन हुनु भएको छ । ५५ सदस्यिय गाउँ कमिटीमा आजको सम्मेलनाबाट ४५ जना चयन भएको र बाँकी १० जना सदस्यलाई गाउँपार्टि कमिटीको बैठकबाट मनोनित गरिने बताइएको छ ।


सम्मेलन नेकपा माओबादी केन्द्र बबईका अध्यक्ष बुढाथोकीको अध्ययक्षता तथा राष्टिय सभा सदस्य जगप्रशाद शर्मा अपारको प्रमुख आतिथ्यता एवम माओबादी केन्द्रका नेता भीमबहादुर वलीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बाल्दै प्रमुख अतिथी अपारले नेकपा माओबादी केन्दलाई आगामी निर्वाचनबाट देशको पहिलो पार्टिकारुपमा स्थापित गर्न तल देखी माथी सम्मका नेता तथा कार्यकर्ताले मेहनत गर्नु पर्ने बताउनु भएको छ ।
उहाँले सम्मेलन सम्बोधन गर्दै पार्टिका सबै नेता तथा कार्यकर्ताले ईमान्दार भएर संगठनको हितमा काम गरेर संगठन बिस्तारमा लागे मात्र चुनावमा सकारात्मक परिणाम आउने बताउदै जनताको नेता तथा कार्यकर्तालाई जनताको काममा लाग्न निर्देशन समेत दिनु भएको छ