
दाङ, १० मंसीर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत दाङको निर्वाचनका लागी शुक्रवार मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका लागी विहान ११ बजेदेखी दिउँसो साढे दुई बजे सम्म मनोनयन गर्ने समय सिमा ताेकिएकाे थियो । जिल्ला निर्वाचन समितिका अनुसार जिल्लाको नेतृत्वका लागी ११७ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका कार्यवाहक संयोजक तथा प्रवक्ता युवराज बस्नेतका अनुसार सभापति पदका लागी चार जनाले मनोनयन दर्ता गराएका छन् ।


जसमा कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत, भुव बहादुर डाँगी र शंकर डाँगीले मनोनयन दर्ता गराउनु भएको छ ।
यस्तैगरी उपसभापतिका लागी सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदिप कुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञ बहादुर वली सुवाले मनोनयन दर्ता गराउनु भएको उहाले जानकारी दिनुभयो ।यस्तैगरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । जसमा अर्जुनकुमार योगी, कृष्ण प्रसाद सुवेदी, बालिका लम्साल र सुर्यप्रकास राना, सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी , हरि प्रसाद भुसाल र सुवोध कुमार डाँगीले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन समितिका अनुसार सात जना पदाधिकारी, १८ जना समावेशी ,२७ जना पालिकाका र दुई÷दुई जना प्रदेश र संघिय महाधिवेशन प्रतिनिधिका लागी निर्वाचन हुन लागेको छ ।जसमा प्रदेश र संघिय महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तैगरी बंगलाचुली पालिकाका पनि सर्वसम्मत चयन भएको हुदा अव अन्य बाँकी पदमा निर्वाचन हुने भएको छ । निर्वाचनका लागी भोलि९शनिवार० विहान आठ बजेदेखी घोराहीको भरतपुरमा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।