
हापुरे, ८ मंसीर ।
नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्वर ३ को सभापतिमा जगद बहादुर खड्का निर्वाचित हुनु भएको छ । उहाँले ४३८ मत प्राप्त गरी विजयी हासील गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिद्धन्द्धी सुरेन्द्र बहादुर खड्काले ३११ मत प्राप्त गर्नुभएको छ । दुवै बिच १२७ मतान्तरको फरक रहेको छ । यस्तै सभापतिका उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गर्नुभएको छ ।


यस्तैगरी सचिवमा पुर्ण बहादुर खत्री र सोभाकर सापकोटा निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्प्रर्धी रवि बुढाथोकी र भेषराज डाँगी पराजित हुनु भएको छ । यस्तै सहसचिवमा डेफुलाल चौधरी र भिमकान्त भट्टराई निर्वाचित हुनु भएको छ । अन्य पदाधिकारीको पनि अन्तिम मतपरिणाम सार्वजनिक भएको समितिले जनाएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङका तिन वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ ।