धनगढी ८ मंसिर  ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्री भन्दा कम नभएको बताउनु भएकाे छ। कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा बाेल्प्रदै चण्डले बुधबार यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे ।

कार्यक्रममा बाेल्दै पचण्डले भन्न्रभयाे ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

 

आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताउनु भयाे । प्रचण्डले भन्नुभयाे, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्‍याछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर