
हापुरे ७ मंसिर ।
पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालले आज ३ वडा टोल कमीटी गठन गरेको छ । नेकपा एमाले बबई ४ का अध्यक्ष नारायण परियारको अध्यक्षता तथा नेकपा एमालेमा नेता टेकबहादुर वलीको प्रमुख आतिथ्यतामा भएको भेलाले ३ वटा टोलमा कमीटी बिस्तार गरेको हो ।


वडा नम्बर ४ को शान्तिनगरटोलमा पबित्रा खत्रीको अध्यक्षतामा,शुर्यनगर टोलमा दिपेश सोतीको अध्यक्षतामा र सुन्दरखाल टोलमा भीमा बुढा मगरको अध्यक्षतामा टोल कमिटी गठन गरिएको बताईएको छ । सुन्दखालबाट १९ जनाल नेकपा माओबादी केन्द्र परित्याग गरि एमालेमा प्रबेश गरेको एमाले बबई ४ का अध्यक्ष परियारले बताउनु भएको छ । कार्यक्रमको सहजिकरण सचिब जिवन वलीले गर्नु भएको थियो ।