हापुरे ७ मंसिर  ।

बबई गाउँपालिकाले चौतीस बर्ष सरकारी सेवा गरेका एक कार्यालय सहयोगीलाई बिदाई गरेको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यालय सहयोगी पदमबहादुर चौधरीलाई बिदाई गरेको हो ।

कृषि बिकास कार्यालय मार्फत् चौधरीले २०४४ सालदेखि सरकारी सेवा सुरु गर्नुभएको थियो । २०४४ सालमा अस्थायी सेवा सुरु गर्नुभएका चौधरी २०५३ सालमा स्थायी हुनुभएको थियो । चौधरीले कृषि सेवा केन्द्र चरकमटिया, ढिकपुर, नारायणपुर, जिल्ला कृषि बिकास कार्यालय घोराही, कृषि सेवा केन्द्र पञ्चकुले हुदै संघीयता पश्चात बबई गाउँपालिकामा सेवा गर्नुभएको हो ।

 

बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम भएको थियो । चौधरीलाई प्रशंसा पत्र, खादा, टोपी, अबिर लगाएर गाउँपालिकाले बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले देशको बिकासका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । कार्यक्रममा शिक्षा शाखाका उपप्रमुख जितबहादुर केसी, स्वास्थ्य शाखाका उपप्रमुख शरदराज गिरी, हरिबहादुर खड्काले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रशासन शाखाका नायब सुब्बा दिलिप केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर