हापुरे ६ मंसिर ।
नेकपा एमाले पार्टिको तल्लो स्तर सम्मको कमिटी निर्माण गर्दै पार्टि सुदृढ बनाउने अभियानमा अघि बढेको छ । नेकपा एमाले बबई गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडाका प्रत्यक टोलहरुमा टोल कमिटी निर्माण गदै पार्टिलाई अझ बलियो बनाउने अभियानमा जुटेको एमाले बबईका अध्यक्ष जित बहादुर वलीले बताउनु भएको छ ।

 

यसै बिच आज बबई ४ को गंगालाल टोल र दुर्गालाल टोलमा नेकपा एमालेको टोल कमिटी गठन भएको छ । एमाले बबई ४ का अध्यक्ष नारायण परियारको अध्यक्षता तथा एमालेका नेता टेक बहादुर वलीकोे प्रमुख आतिथ्यतामा एवम बबईका अध्यक्ष जित बहादुर वलीको बिशिष्ट आतिथ्यतामा वडा नं. ४ का दुईवटा टोलमा टोल कमिटी गठन गरिएको बताईएको छ । टोल कमिटी गठन कार्यक्रमको सहजीकरण एमाले बबई ४ का सचिव जिवन वलीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर