
काठमाण्डौ, ५ मंसीर ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर उहाँले आउँदो शुक्रबार देखि चितवनमा हुन लागेको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।
उहाँले पार्टी नेतृत्वमा रहेका व्यक्तिहरु गुटबन्दीमा लागेको भन्दै नेतृत्वले गरेको वाचा पूरा नभएको आरोप पनि लगाउनु भएको छ । पार्टी एकतालाई कायम गर्न १० बुँदे प्रस्तुत गरेर सहमतिको प्रयास भए पनि नेतृत्वबाट त्यो कार्यान्वयन नभएको उहाँले बताउनु भयो ।

