हापुरे ३ मंसिर ।
नेकपा एमाले बबई गाउँकमिटीले पार्टि सुदृढीकरणका कार्यक्रमलाई अघि बढाएको छ । जनस्तर सम्म पार्टि निर्माण गर्ने र आगामि निर्वाचनमा पनि बबई गाउँपालिकामा एमालेका उम्मेदवारलाई निर्वाचन जिताउने दाउमा लागेका एमाले नेताहरुले बबई गाउँपालिकाका बिभिन्न स्थानमा पुगी कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् । यसैक्रममा कार्यकर्ता भेटघाट तथा पार्टि प्रबेश कार्यक्रम बबई गाउँपालिका ७ को मलैमा सम्पन्न भएको छ । नेकपा एमाले बबई ७ को आयोजनामा मलैखोलामा कार्यकर्ता भेटघाट तथा पार्टि प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।

 

नेकपा एमाले बबई गाउँपालिका वडा नं. ७ का वडा कमीटी अध्यक्ष रुपा रानाको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला सदस्य तथा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पार्टि प्रबेश कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि ५ जना र नेकपा माओबादी केन्द्र परित्याग गरि २१ जनाले नेकपा एमालेमा प्रबेश गरेको एमाले बबईका सहसचिब टोपबहादुर चौधरीले जानकारी दिनु भएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर