हापुरे २ मंसिर ।
बबई गाउँपालिका १ का ६ जनाले आफुहरु नेकपा एमालेमै रहेको बताएका छन् । बिहिबार १ संयूक्त बिज्ञप्ती जारी गर्दै उनीहरुले यस्तो बताएका हुन । गत कार्तिक ३० गते नेकपा समाजबादी एकिकृतको वडा नं. १ को वडा भेलामा समाबेस भएको र समाजबादीको वडा कमिटीमा समेत बसेको भनी बिभिन्न सामाजिक सञ्जालमा झुटा समाचार आएको प्रती ध्यानार्कषण भएको बताउदै बबई १ का गोबिन्द थापा, डम्बर सिजाली मगर, बलबहादुर बोहरा, कृतीमान कवर, किरण घर्ती र देबराज थापा मगरले संयूक्त बिज्ञप्ती निकाल्दै आफुहरु नेकपा एमाले मै रहेकाले भ्रममा नपर्न शुभचिन्तकहरुमा अनुरोध गरेका छन् ।

आफुहरु थाहापाउने समय देखी नै एमालेको सच्चा कार्यकर्ता भएर काम गरिरहेको बताउदै उनीहरुले आफुहरु एमाले कै निती तथा कार्यक्रम अनुसार हिडीरहेको र आगामी दिनहरुमा पनि नेकपाएमालेको सच्चा र कर्मठ योद्धाको रुपमा काम गर्ने बिज्ञप्ती मार्फत बताएका छन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर