
दाङ १ मंसिर ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कार्यालयबाट सहज रुपमा सेवा नपाउनु नेपालको सबैभन्दा ठूलो समस्या भएको बताउनुभएको छ । जनताको बढी भिडभाड हुने विद्युत कार्यालय, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय, मालपोत तथा नापी जस्ता कार्यालयबाट जनताले सहज रुपमा सेवा नपाएको बताउँदै उहाँले सेवालाई प्रभावकारी बनाउन सकेमा जनताले ठूलो राहतको महशुस गर्ने बताउँनुभयो ।


सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले हरेक कार्यालयमा प्रयाप्त दक्षजनशक्ति र उपकरणको समयमै उचिव व्यवस्थापन गर्नु पर्ने पनि उहाँले बताउँनुभयो । नागरिकले आफुले पाउने सेवा सहज रुपमा नपाउँदासम्म नेपालमा जुनसुकै परिवर्तन आएपनि नागरिकले सरकार आफ्नो हो भन्ने कुराको बोध गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।