
हापुरे १ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ ख का चुनावका लागि उम्मेदवार बनेका उम्मेदवारले आफ्ना कार्यकर्तासंग भेटघाट तथा परिचय गरेका छन् । उम्मेदवारहरु बुधबार पश्चिम दाङका विभिन्न स्थानमा पुगी कार्यकर्ता संग भेटघाट तथा परिचय गरेका हुन् । यसै विच बबई गाउँपालिकामा पनि कार्यकर्तासंग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
महाधिबेशनकाे चुनावी मैदान उत्रिएका सबै उम्मेदवारहरुको उपस्थितिमा भेटघाट तथा परिचयात्मक कार्यक्रम भएको हो । नेपाली कांग्रेस बबईका सभापति प्रकाश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, नेता गेहेन्द्र गिरी, शंकर गिरी, बुद्धिराम भण्डारी, शान्तिनगर गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता कमानसिंह डाँगी लगायतको सहभागिता रहेको थियो ।

