
दाङ ३० कात्तिक ।
प्रेस सेन्टर नेपाल दाङले पालिका स्तरिय शाखा विस्तार अभियान सुरु गरेको छ । जिल्लामा नयाँ नेतृत्व आइसकेपछि प्रेस सेन्टर दाङले मगंलवार तुलसीपुर उपमहानगर पालिकामा प्रथम ऐतिहासिक भेलाको आयोजना गरी तुलसीपुर शाखा बिस्तार गरि समिति गठन गरेको हो । प्रेस सेन्टर तुलसीपुर शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) चयन हुनु भएको छ । त्यस्तैे उपाध्यक्षमा दीपक बोहरा,सचिबमा विकास डांगी,सह–सचिवमा सुमन केसी, कोषाध्यक्षमा भागवत भट्टटराई सर्वसम्मत चयन हुनु भएको छ ।
सेन्टर तुल्सीपुर शाखाको सदस्यहरुमा राजेश ओली (रुद्र) मदन बिक (मुस्कान), देबराज कडेल,झरना केसी,बिशाल परियार,गोपाल गिरी र इश्वर बिसी चयन हुनु भएको छ । प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका संस्थापक केन्द्रिय सदस्य अजयदिप शर्माले परिवर्तनको संवाहकको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैब अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सबैभन्दा पहिले सविंधानका मौलिक हकहरु कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो ।

