
हापुरे ३० कात्तिक ।
नेकपा एमाले बबई गाउँपार्टि कमीटीको बैठक मंगलबार हापुरेमा सम्पन्न भएको छ । बैठक नेकपा एमाले बबईका अध्यक्ष जितबहादुर वलीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला सदस्य भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैठकले आगामी मंसिर ७ गते सम्ममा बबई गाउँपालिकाका प्रत्यक वडाका टोलहरुमा टोल कमिटी गठन गरिसक्ने गरि अगाडी बढ्ने निर्णय गरेको छ ।


त्यस्तै ३ पटक सम्म पार्टि गाउँकमिटीको बैठकमा उपस्थित नहुने सदस्यलाई स्पस्टीकरण माग्ने र आगामी मंसिर १० गते देखी १२ गते सम्म चितवनमा हुन लागेको एमालेको १०औं महाधिबेशनमा बबई गाउँपालिकाका प्रत्यक वडाबाट एउटा बसको ब्यबस्थापन गरि कार्यकर्ता लजाने निर्णय गरेको एमाले बबईका सहसचिव टोप बहादुर चौधरीले जानकरी दिनु भएको छ । बैठक सहसचिव सोभा खड्काको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने सहजीकरण सचिब धनबहादुर डाँगीले गर्नु भएको थियो ।