हापुरे ३० कात्तिक ।
एक दिने नेपाल बन्द सफल पार्न वजारमा उत्रीएका बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले रचनात्मक काम गरेको पाईएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा एक दिने नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दाङको तुलसीपुरमा जेब्रा क्रसिंङमा रङ लगाएका छन् । बन्द सफल पार्न आएका बन्दकर्ताले तुलसीपुरको जेब्रा क्रसिंङमा रङ लगाएका हुन ।

उता बाँकेको कोहलपुरका बन्द कर्ताले सडकको फोहोर सरसफाई गरेका छन् । बन्द कर्ताले कोहलपुरको चौराह र नेपालगञ्ज जाने सडकमा रहेको फोहर सरसफाई गरेका हुन । नेपाल बन्द सफल पार्न आएका बन्द कर्ताले सडकमा सरसफाई र अन्य काम गर्नु रचनात्मक काम हो । जुन  काम विप्लव निकटका कार्यकर्ताले गरेका छन् ।

मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने सरकारका बिरुद्ध चरणबन्द आन्दोलनका कार्यक्रमहरु गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बन्दको समयमा रचनात्मक कार्य गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर