
हापुरे २९ कात्तिक ।
दाङको बबई गाउँपालिकामा कोरोना बिरुद्धको एन्ट्राजेनिका खोप लगाईने भएको छ । आगामी मंसिर ५ गते देखी ७ गते सम्म एन्ट्राजेनिका खोप लगाउने कार्यक्रम रहेको बबई गाउँपलिका स्वास्थ्य शाखाका सहसंयोजक सरदराज गिरीले बताउनु भएको छ । बबई गाउँपालिकाका ८ वडा केन्द्रबाट खोप अभियान सञ्चालन गरिने पनि सह संयोजक गिरीले बताउनु भएको छ ।


बबई गाउँपालिका भित्रका ३० वर्षमाथि उमेर समुहमा पर्ने कोभिढ १९ बिरुद्धको कुनै पनि खोप नलगाएका नागरिकलाई एट्राजेनिका खोपको पहिलो मात्रा लगाईने स्वास्थ्य संयोजक हेमराज वलीले बताउनु भएको छ । उहाँका अनुसार १८ वर्ष माथीका एन्टाजेनिका खोपको पहिलो मात्रा लगाईसकेका बिद्यार्थीहरुलाई पनि खोपको दास्रो मात्रा लगाईने बताइएको छ ।
खोप अभियान अन्तरगत पुरन्धारा स्वास्थ्य चौकी हंसपुर , हापुरे प्राथमिक अस्पलात हापुरे, पञ्चकुले स्वास्थ्य चौकी पञ्चकुले र आधारभुत स्वास्थ्य सेवा केन्द्र बबरपुरमा मंसिर ५, ६ र ७ गते ३ दिन, आधारभुत स्वास्थ्य सेवा केन्द्र चरकमटिया र गंगटेमा ५ र ६ गते २ दिन र वडा नं. ७ को मलै र वडा नं. १ को सिमलकुनामा मंसिर ७ गते १ दिन सञ्चालन गरिने बताइएको छ ।